सुनसरी । दश वर्ष उपभोग र उपयोग गरेको जमिनको लालपुर्जा दिने राष्ट्रिय भुमी आयोगको नीति भएपनि सुनसरीको वराहक्षेत्र नगरपालिकामा वन कार्यालय र नापी शाखाको कारण लालपुर्जा वितरण हुन सकिरहेको छैन । वन कार्यालय र नापी शाखा सुनसरीले वन क्षेत्रको जग्गा भन्दै लालपुर्जा वितरणमा आलटाल गरिदिदा अव्यवस्थित वसोवास , भुमिहीन तथा सुकुम्वासीहरुलाई लालपुर्जा वितरण गर्न नसकिएको सर्वदलीय समन्वय समितिले निष्कर्ष निकालेको हो । नगरपालिकाले सम्पुर्ण कामहरु सकेको र धनीपुर्जा वितरणका लागि राष्ट्रिय भुमि आयोगका अध्यक्ष केशवप्रसाद निरौलासंग समन्वय गरेपनि वन कार्यालय र नापी शाखाको आलटालले वितरण गर्न नसकिरहेका वैठकमा नगरप्रमुख रमेश कार्कीले जानकारी गराएका छन । गत मंसिर महिनामा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको आचारसंहिताका कारण रोकिएको धनीपुर्जा बितरण गर्ने कामसंगै अन्य ठाँउमा निस्सा बितरण गर्ने योजना वनाइएको भएपनि काम गर्न वन र नापीका कारण काम गर्न नसकिएको नगरप्रमुख कार्कीले सर्वदलिय समन्वय वैठकमा वताएका हुन । नगर प्रमुख कार्कीको अध्यक्षतामा बसेको भूमिहीन तथा सुकुम्वासी तथा अव्यवस्थित समस्या समाधान समन्वय समिति बैठकमा उप–प्रमुख नन्दकुमारी सुनुवार , प्रमुख प्रशाशकीय अधिकृत ऋद्बि प्रकाश सिटौला, नेपाली कांग्रेस बराहक्षेत्र नगर सचिव हरिकृष्ण भट्टराई, नेकपा एमाले वराहक्षेत्र अध्यक्ष गजेन्द्र थापा, माओवादि केन्द्र वराहक्षेत्रका कोषाध्यक्ष लंकमान बिक, राप्रपा वराहक्षेत्रका अध्यक्ष अर्जुन भट्टराई , नेकपा एकीकृत समाजवादि वराहक्षेत्रका अध्यक्ष चन्द्र मगर , समितिका सदस्यहरु , बडाध्यक्षहरु , लगाएको उपस्थिति रहेको थियो ।




















