मोरङ । मोरङको लेटाङ नगरपालिकाले भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बासोबासीहरुलाई जग्गा वितरण गर्ने तयारी स्वरुप जग्गाको निस्सा वितरण कार्य सुरु गरेको छ । आइतबार नगर प्रमुख भूपेन्द्र कुमार लावतीले नगरपालिकाको वडा नम्बर ५ बाट निस्सा वितरण कार्यको थालनी गरेका हुन । वडा नम्बर ५ बाट निस्सा वितरण कार्य सुरु गरीएकोमा आइतबारदेखि अन्य वडाहरुमा पनि निस्सा वितरण कार्य सुरु गरिएको छ । नगरका वडा नम्बर २, ३, ४, ५, ७, ८ र ९ मा गरि पहिलो चरणमा २ हजार २ सय ३७ वटा निस्सा बाँड्ने नगरपालिकाको योजना रहेको छ । यसैगरि दोश्रो चरणमा वडा नम्बर १ र ७ का साथै अन्य वडाका बाँकी रहेका निस्सा वितरण गरिने नगर प्रमुख भूपेन्द्र कुमार लावतीले सप्तकोशी अनलनइनलाइ जानकारी दिए  । ssयसअघि संकलन गरिएको कतिपयको कागजपत्र अपुग भएपछि हरेकलाई सूचित गरेर कागजपत्र संकलन गरि निस्सा वितरणको काम अघि बढाइएको हो । यसरी नगरपालिकाले भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण गरेकोमा निस्सा पाउनेहरु समेत हर्षित भएका छन् ।

निस्सा वितरणको काम सकेपछि दावी विरोधको सूचना प्रकासन लगायतका सबै प्रकृया पुरा गरेर धनिपूर्जा वितरणको काम सुरु गरिने जनाइएको छ ।