सुनसरी । राजा ज्ञानेन्द्र शाहले स्थिरता र स्वायित्व सही राज्यपद्धति, शान्ति एवं अनुशासन बिना हुन नसक्ने बताउनु भएको छ । सोमबार सुनसरीको इनरुवामा गरिएको नागरिक अभिनन्दन कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै पूर्वराजा शाहले विभिन्न व्यक्तिलाई प्रलोभन देखाएर सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको बताउनु भएको हो ।
उहाँले भन्नुभयो, कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ ।ु परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खदीलो परिणाम नदिने उहाँको तर्क थियो ।
जनता र आफ्नो भूमिको रक्षा गर्नु नै नेपालीको अहम धर्म भएको बताउँदै राजा शाहले दलहरु व्यक्ति परिवार समूह र गुट उपगुट बाट मुक्त हुनुपर्ने तर्क गर्नुभयो।
राजा शाहको धन्यवाद सम्बोधन





















