हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेशका  केही स्थानमा र बाँकी प्रदेशका एक९दुई स्थानमा मेघगर्जन र चट्याङर हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएको महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, वाग्मती तथा गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङर हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भएको छ । देशका उच्च पहाडी तथा हिमाली भू९भागका थोरै स्थानहरुमा हल्का हिमपातसमेत हुनेछ । राति पहाडी भू९भागका थोरै स्थानहरूमा मेघगर्जन रचट्याङसहित हल्का वर्षाको सम्भावना छ। भोलि ९आइतबार० दिउँसोː कोशी प्रदेशलगायत देशका पहाडी भू९भागका थोरै स्थानहरुमा मेघगर्जन रचट्याङसहित हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ । राति कोशी र गण्डकी प्रदेशका पहाडी भू९भागका एक९दुई स्थानमा मेघगर्जन रचट्याङसहित हल्का वर्षाको सम्भावना छ। सोमबार पनि देशका पहाडी भू९भागका एक९दुई स्थानमा मेघगर्जन रचट्याङसहित हल्का वर्षा हुनेछ । राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू९भागका एक९दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ ।