सुनसरी , सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय पकलीको २२औं स्थापना दिवस एक कार्यक्रमको आयोजना गरि मनाइ मनाइएको  छ ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बाहिनीको स्थापना दिवसको अवसरमा प्रमुख अतिथीबाट दिप प्रज्वलन , विभिन्न खेलकुद प्रतियोगिताका विजयीहरुलाई पुरस्कार तथा प्रशंषा पत्र वितरण उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी बल बराह बाहिनी अन्तरगत कार्यरत विभिन्न दर्जाका सशस्त्र प्रहरीहरुलाई प्रशंषा पत्र वितरण लगायतका कार्यक्रम आयोजना गरियो ।

सोही अवसरमा सास्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी गौतमले शुभकामना सन्देश दिएका थिए भने  बराह बाहिनीका विषयमा बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेलले प्रमुख अतिथी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गौतमलाई विविद्य पक्षका विषयमा जानकारी गराएका थिए । बराह बाहिनी मातहतका विभिन्न युनिटहरुले हाल प्रदेश नम्बर १ का १४ वटा जिल्लाको सिमा सुरक्षा तथा शान्ति सुरक्षाका लागि काम गर्दै आएको छ ।

  कार्यक्रममा सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे , जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रभुप्रसाद ढकाल , बाहिनी मातहत रहेका विभिन्न सशस्त्र प्रहरीका युनिटहरुका तर्फबाट कार्यालय प्रमुख अन्य पदाधिकारी , सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।