धनकुटा । धनकुटा नगरपालिका वडा नम्वर ६ औधोगीक क्षेत्र अमलटार स्थित हाणीखर्क सामुदायिक बनमा डडेलाे लागेकाे छ।
दिउसाे अन्दाजि ३.३० बजेदेखि उक्त क्षेत्रमा लागेकाे अागाे नियन्त्रण हालसम्म पनि नियन्त्रण हुन सकेकाे छईन ।
हावाहुरीका कारण वनमा लागेकाे डडेलाे नियन्त्रण हुन नसकि बस्ति अासपास पुग्ने सम्भावना देखिएकाेले स्थानीयमा त्रास फैलिएकाे छ । 
उक्त डडेलाे नियन्त्रणमा धनकुटा नगरपालिकावाट वारुणयन्त्र , नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, डिभिजन वनकर्मी, स्थानीयलगायतकाे प्रयास भईरहेकाे भिमदल गण सल्लेरी ब्यारेकका मेजर पुर्ण प्रजापतिले जानकारी दिनुभयाे ।
करिब ६०-७० जना को सहयोगमा उक्त आगलागी नियन्त्रणमा लिने कार्य भइरहेको छ ।




















