धनकुटा । धनकुटामा रंग खेलेर होली पर्व मनाईयो ।
सरकारले होलि पर्व भव्य र सभ्य रूपले मनाउने आज पहाडतिर र भोलि तराई तिर सार्वजनिक विदा समेत दिदै आएको छ ।
धनकुटामा होली विशेष विभिन्न कार्यक्रमको साथ होलि पर्व मनाईयो ।
द सेभेन युथ क्लव धनकुटाको आयोजना, टिन्स क्रियु डान्स सेन्टर को सहआयोजना एवं रोदुवा कफि घरको प्रायोजनमा सास्कृतिक क्रियाकलापका साथमा होलि पर्व मनाएको छ ।
धनकुटा वडा नम्वर ३ स्थित कागते आसपास, धनकुटा बजार, हिले, सिधुवालगायतका चोक चोक र गाउँघरमा पनि रंग खेलेर होली मनाईयो ।
एक आपसमा रंग तथा अविर दलेर होली मनाउने चलन छ । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुरचारमाथि सदाचारको विजय भएको खुसियालीमा होली पर्व मनाईने गरिन्छ । होली परापुर्वकालदेखि मनाईदै आएको।पाईन्छ ।
रिसराग छोडेर प्रेम भाव र आत्मियताका साथ आफन्तजन एवं साथिसँगी दौतरीहरूसँग एकआपसमा रंग अविर दलेर खुसि साटासाट गर्दै धनकुटामा होली पर्व मनाईयो ।
हरेक बर्ष फाल्गुन शुल्क पुर्णिमाको दिन पहाडी जिल्लाहरूमा र यसको भोलिपल्ट तराईका विभिन्न जिल्लाहरूमा होलि खेल्ने गरिन्छ ।
होलि पर्व शान्तिपुर्ण रूपले सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ ।




















