इटहरी । इटहरी मोडल स्कुलले आफ्नो २७ औ अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
शनिवार विद्यालय प्राङगणमा आफ्नो २७ औ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो ।
विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र दाहालको अध्यक्षता तथा शिक्षा सेवी तारा निरौलाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यार्थीहरुद्धारा सास्कृतिक प्रस्तुती गरिनुका साथै विद्यार्थीहरुलाइ पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा एस.इइमा ए प्लस ल्याउने ३६जना विद्यार्थीहर्रुलाइ प्रमाणपत्र सहित सम्मान गरिएको थियो भने उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाइ पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
साथै वार्षिक उत्सव कार्यक्रमका अवसरमा विद्यार्थीहरुद्धारा शैक्षिक विज्ञान प्रदशन गरिएको थियो भने विभिन्न जात जातीको भेषभुषामो नृत्य,गायन तथा चेतना मुलक नाटक प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा नागरिक समाजका अध्यक्ष राजु केसी, प्याप्सन प्रदेश १का उपाध्यक्ष सुमित थापा, प्याप्सन इटहरीका कोषाध्यक्ष हेमन्त भट्टराइ र शिक्षक दिनेश पौडेल लगाएतका अतिथिहरुको उपस्थिति रहेको थियो ।




















