सुनसरी । राष्ट्यि तथा अन्तरराष्ट्यि लगानीकर्ताहरु लागि आकर्षित गर्ने मुख्य उद्धेश्य सहित बिराटनगरमा अन्तराष्ट्यि स्तरको कृषि तथा औधोगिक प्रर्दशनी सीएनआइ कोशी एक्स्पो आयोजना हुने भएको छ ।

  नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ को आयोजनामा यही माघ १९ गते देखि २८ गते सम्म विराटनगरको शंकरपुर मार्गमा सीएनआई कोशी एक्स्पो सञ्चालन गरिने इटहरीमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा एक्स्पोका विषयमा नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ संयोजक राजेन्द्र राठीले एक्पोमा अन्तराष्ट्यि स्तरका कृषि तथा औद्योगिक मेशिनरी , उत्पादन लगायतका प्रर्दशनीमा राखिने जानकारी दिए । अन्तराष्ट्यि स्तरको कृषि,औधोगिक, मेडिकल ,इलेक्टेनिक्स लगायतका क्षेत्रमा भित्रका नयाँ प्रविधिहरु समेत राखिने समेत संयोजक राठीले वताए ।

 एक्स्पोमा नेपाल,भारत,बंगलादेश,पाकिस्तान,चिन लगायतका मुलुकहरुबाट समेत प्रर्दशनीमा स्टल रहने समेत आयोजकले जनाएको छ ।प्रर्दशनीमा विविद्य सांस्कृतिक कार्यक्रम , फनपार्क समेत राखिने समेत वताइयो । एक्स्पोमा स्वदेश िबस्तु उत्पादन , बजार व्यवस्थापन,उपभोक्ताका माझमा नयाँ प्रविधि र बस्तुको पहिचान र प्रबर्धनको माद्यमबाट आर्थिक विकासमा महत्वपुर्ण योगदान पुग्ने विश्वास गरियो । प्रर्दशनीमा अटोमोवायल ,घरेलु उद्योग, मोबाइल ,इलेक्टेनिक, पेन्ट्स, बेकरी, रोजगार डेक्स तथा कृषि आधुनिकरण , शिक्षा स्वास्थ्य सम्वन्धी सेमिनार समेत रहने पत्रकारहरुलाई आयोजकले जानकारी गराए । पत्रकारहरुको जिज्ञासाको जवाफ एक्स्पोका सहसंयोजक गिरिजा सारडा , नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १का अध्यक्ष भीम घिमीरेले दिएका थिए । एक्स्पो सञ्चालनका लागि ३ करोड वढी लागत लाग्ने आयोजकले अनुमान गरेको छ ।