सुनसरी  ।  धार्मिक पर्यटकीय क्षेत्र सुनसरीको रामधुनीमा पर्यटन प्रवद्र्धनमा जोड दिदै सुनसरी सदरमुकाम इनरुवाबाट धार्मिक अभियन्ता सहित सामाजिक गतिविधिमा संलग्नहरु आएर  बन विहार कार्यक्रम गरेका छन । त्रेतायुगमा मर्यादा पुरुषोत्तम श्रीरामचन्द्रले वनवासका क्रममा एक रात धुनी वालेर बसेको मिथक अनुसार हिन्दुर्धमालवम्वीहरुले रामधुनीलाई एक पवित्र धार्मिक तिर्थस्थलका रुपमा लिने गरेका छन । धार्मिक पर्यटकीय क्षेत्रका रुपमा रहेको रामधुनीमा हिन्दू स्वयंसेवक संघ नेपाल, पतञ्जली योग समिति इनरुवाको आयोजनामा बन विहार वनभोज कार्यक्रम आयोजना गरी पर्यटन प्रवद्र्धनमा जोड दिइएको हो । धार्मिक क्षेत्र रामधुनीमा पुजाअर्चना सहित सामुहिक रुपमा  वन विहार बनभोज कार्यक्रम आयोजना गरिएको जानकारी गराइयो । रामधुनी मर्यादा पुरुषोत्तम श्रीरामचन्द्रले धुनी वालेर वसेको पवित्र स्थानका साथै वनखण्डी बाबाले तपस्या र मानव सेवा गरेको स्थानका रुपमा समेत हेर्ने गरिन्छ । यहाँ भारतका विभिन्न ठाउँबाट वनखण्डी समुदायका मानिसहरु धार्मिक पर्यटकका रुपमा वर्षेनी आउने गरेका छन ।  यस क्षेत्रको महिमा प्रचारप्रसारमा सहयोग पुगोस र धार्मिक पर्यटकहरुको रोजाइमा पर्न सकोस भन्ने उद्धेश्यका साथ वन विहार वनभोज कार्यक्रमको आयोजना गरिएको वन विहार कार्यक्रमका संयोजक राजकुमार मेहताले जानकारी दिए । वनबिहार कार्यक्रमका साथै  हिन्दू स्वयंसेवक संघ नेपाल सुनसरीका अध्यक्ष मनोज कुमार यादवको अध्यक्षता र प्रदेशसभा सदस्य  राप्रसाद मेहताको प्रमुख आथित्यमा औपचारिक कार्यक्रम समेत आयोजना गरियो ।