इटहरी । तामाङ समुदायका मानिसहरुले मनाउने सोनाम ल्होछारको अवसर पारेर सुनसरीको इटहरीमा एक कार्यक्रमको आयोजना गरियो ।
तामाङ घेदुङ इटहरी उपमहानगर समितिको आयोजनामा बाघ वर्गलाई विदा गरी बिरालो वर्गलाई स्वागत गरिएको हो ।
तामाङ समुदाायका मानिसहरुले ल्होछारलाई वर्षका रुपमा मनाउने गरेका छन । तिथी अनुसार ल्होछार मनाउने तामाङ समुदायले यस वर्ष सोनाम ल्होछार पर्व भोली अर्थात आइतबार मनाउदै छन ।
तामाङ घेदुङ इटहरीले सोनाम ल्होछारको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान सहित सागितीक कार्यक्रम इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्य र घेदुङ इटहरीका अध्यक्ष महोन लोप्चनको अध्यक्षतामा रहेको थियो ।
कार्यक्रमका अध्यक्ष समेत रहेका तामाङ घेदुङ इटहरीका अध्यक्ष लोप्चनले तिथी अनुसार आफुहरुले सोनाम ल्होछार मनाउने गरेको जानकारी दिए । उनले सोनाम ल्होछारका अवसरमा सम्पुर्ण प्राणीको सुखशान्तिको कामना गर्दै गुम्बामा पुजा गर्ने गरिने समेत वताए ।
सो, कार्यक्रममा प्रमुख अतिथी तथा इटहरी उपमहानगरपालिका प्रमुख पौडेलले सोनाम ल्होछारको अवसरमा शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा जेष्ठ नागरिक ,उत्कृष्ठ विद्यार्थी सम्मान सहित तातिय नृत्य तथा सांगितीक कार्यक्रमको आयोजना गरिएको थियो ।




















