पोखरा । काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखराको सेती खोचमा दुर्घटनाको छ ।
विहान दश बजेर ३३ मिनेटमा पोखराका लागि उडेको सो जहाज पोखरा विमानस्थलमा अवतरण गर्नु अघि नै असंतुलित भएर सेतीको खोँचमा खसेको हो ।
ठुलो आवाज सहित खोजमा जहाज खसेपछि आगलागी भएको थियो । जहाजमा ६८ जना यात्रु र ४ जना चालकदलका सदस्य रहेको थिए । हाल सम्म जहाजमा रहेका कसैलाई पनि जिवती नभेटिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिएका छन । दुर्घटनास्थलबाट उद्धारकर्मीहरुले ३२ जनाको शव वाहिर निकालेका छन भने अन्यको खोजी तथा उद्धार कार्य भइरहेको छ । यसै विच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन भने मन्त्री परिषदको आकस्मिक वैठक १ बजेलाई डाकेका छन । विमान दुर्घटना भएको देख्ने स्थानीय प्रत्यक्षदर्सी रविन्द्र खड्काका अनुसार विमान असन्तुलित भएर हल्दै , उल्टो सुल्टो हुँदै आएको थियो । र खस्ने वेलामा उल्टो अवस्थामा ठुलो आवाज सहित खसेको थियो । सो विमान पोखराको नयाँ विमानस्थलमा डेमो उडान गरेकै विमान रहेको समेत जनाइएको छ ।




















