इटहरी । रेडिमेट व्यवसायी संघ इटहरीको अध्यक्षमा बिनोद चोच्छे श्रेष्ठ सर्वसम्मत चयन भएका छन । इटहरीमा सम्पन्न ७औं वार्षिक साधारणसभा तथा तेस्रो अघिवेदनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको हो । समितीको अन्य पदाधिकारीहरु उपाध्यक्ष बुद्धिकान्त सुवेदी , पर्शुराम आचार्य , नगेन्द्र बिष्ट , सचिवमा रुपेश श्रेष्ठ,सहसचिव दामोदार रिमाल, कोषध्यक्षमा पुष्पक कुमार खत्री , महिला सदस्यमा अरुणा थापा , सम्झना दाहाल , प्रमिला पराजुली र अन्य सदस्यहरुमा सविन खडगी , लिलम खडका , सुमन भट्टराई,महेन्द्र गुरागाई , दिपक खडका , गोविन्द गौतम , रामकुमार श्रेष्ठ , रुपन खतिवडा र मदन ढकाल चयन भएका छन । सोह िर्कायक्रममा इटहरीका पुराना रेडिमेट व्यवसायी स्वर्गीय विन्द्र श्रेष्ठकी श्रीमती इन्दिरा मकाजु श्रेष्ठलाई सम्मान गरिएको थियो ।
निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन अधिकिृत बिशाल घिमिरेले शपथ ग्रहण गराएका थिए । उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रोहित प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आजिवन सदस्यहरुलाई सदस्यताको प्रमाण पत्र वितरण गरिएको थियो ।
रेडिमेट व्यवसायी संघ इटहरीका अध्यक्ष सिताराम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इटहरी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष टंक दुलाल रेडिमेट व्यवसायी संघ इटहरीकी सस्थापक अध्यक्ष तथा इटहरी उद्योग वाणिज्य संघकी कोषाध्यक्ष गायत्री भण्डारी , उद्योगी व्यवसायी तथा इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेल लगायतका अतिथीहरुले सुभकामना मन्तब्य राखेका थिए ।




















