इटहरी । फिनल्याण्ड अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई जानकारी दिन आयोजना गरिएको विशेष सेमिनार सम्पन्न भएको छ । मेरिट एजुकेशन इटहरीले आज इटहरीमा आयोजना गरेको सेमिनारमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
फिनल्याण्ड सरकारले अध्ययनका लागि आउने विद्यार्थीका लागि नयाँ अफर ल्याएको सन्र्दभमा मेरिट एजुकेशनले अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई जानकारी दिने उद्देश्यले सेमिनार आयोजना गरेको हो ।
सेमिनारमा सहभागी हुन आएका विद्यार्थीहरुलाई मेरिटका एजुकेशन काउन्सिलर प्रमेश भट्टराईले फिनल्याण्डको शैक्षिक अवस्था, कानुनी प्रकृया, त्यहाँ काम पाउने अवस्था र भोली पि आर का लागि गरिने प्रकृयाको बारेमा जानकारी दिएका थिए ।
अध्ययन गर्न आयल्स र पि टि ई आवश्यक नहुने, पढाईको लामो ग्याप, उतिर्ण प्रतिशतमा ध्यान नदिईने, भिषा सहज प्राप्त हुने र पछि पि आर पाउन पनि सजिलो हुने भएकाले फिनल्याण्ड प्रति विद्यार्थीको आकर्षण बढेको छ । सेमिनारमा करिव १ सय ५० बढि विद्यार्थीको सहभागीता रहेको थियो । सहभागी विद्यार्थीहरुले सेमिनारमा अन्य आवश्यक जानकारी पनि लिएका थिए ।
केही विद्यार्थीहरुले अध्ययनका लागि प्रकृया सुरु गर्न रजिष्टर पनि गरेको मेरिट एजुकेशन इटहरीले जानकारी दिएको छ ।।




















