सुनसरी । मिहिनेत र लागत अनुसार कृषि उपजहरुको मुल्य नपाएको धरानका किसानहरुले गुनासो गरेका छन । धरान उपमहानगरपालिका वडा नम्बर ५ का किसानहरुले विचौलियाका कारण मिहिनेत र लागत अनुसार कृषि उपजहरुको मुल्य पाउन नसकिरहेको गुनासो गरेका हुन । धरान उपमहानगरपालिकाको वडा नम्बर ५ कृषिका लागि पकेट क्षेत्रका रुपमा लिने गरिन्छ । यहाँ धान, मकै, कोदो लगायत सागसब्जी समेत राम्रो उत्पादन हुने गरेको छ तर विचौलियाले तोकेको मुल्यमा बेच्नु पर्दा आफुहरुले मिहिनेत र लागत अनुसारको मुल्य पाउन नसकिरहेको किसान रोशन आचार्य वताउछन । सोही ठाउँका अर्का किसान टंकबहादुर न्यौपाने पनि कृषकहरुको परिश्रम र लागत अनुसार उत्पादनको मुल्य पाउन नसकिरहेको गुनासो गर्दछन । 
मिहिनेत र लागत अनुसार मुल्य नपाइने समस्याका यहाँका अन्य किसानहरुले समेत भोग्दै आएका छन । सरकारले कृषि योग्य क्षेत्र र बसोबास योग्य क्षेत्र भनेर जग्गा नछुट्याउदा कृषि योग्य भुमि पनि प्लटिङ गर्ने कार्यले मासिदै आएको धरान उपमहानगरपालिका वडा नम्रब ५का वडाध्यक्ष मनप्रसाद लिम्बु वताउछन । उनले राज्यले भुवर्गिकरण नीति ल्याएपनि सो अनुसार काम गर्न नसकेको समेत गुनासो गरे ।
धरान उपमहानगरपालिकामा समायोजन हुनु भन्दा अगाडी पाँच कन्या गाविस रहेको अवस्थामा यहाँका धेरै मानिसहरुको मुल्य पेशा कृषि रहेको थियो भने अहिले पनि यहाँका धेरै मानिसहरु कृषिमै निर्भर रहेका छन । उपमहानगरपालिकामा समायोजन भएपछि यस क्षेत्रको जग्गाको मुल्य अधिक वढेपछि प्लटिगं गर्ने क्रम वढेर खेती योग्य जमिन मासिदै आएको छ ।




















