इटहरी । मोटरसाइकलमा साइरन्सर पाइप परिवर्तन गरि ठुलो आवाज आउने वनाएर ध्वाँनी प्रदुषण गराउदै आएका बुलेट बाइकहरुलाई नियन्त्रणमा लिएर १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले कारवाही गर्न थालेको छ । साइरन्सर पाइप परिर्वतन गरि ठुलो आवाज वनाएर ध्वाँनी प्रदुषण गर्ने कार्य बुलेट बाइकहरुले गर्दै आएको गुनासोलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले त्यस्ता बुलेट बाइकहरु नियन्त्रणमा लिएर कम्पनीले उपलव्ध गराउने साइरन्सर पाइप जडान गर्न लगाउन थालेको हो । बुलेटबाइकमा साइरन्सर पाइप फेरेर ठुलो आवाज आउने वनाइएका कारण ध्वाँनी प्रदुषण गराउने गरेको तर्फ गुनासो आएपछि पहिलो चरणमा नियन्त्रणमा लिएर पहिलेको जस्तो वनाउन लगाउन थालिएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी नायव उपरीक्षक श्यामसारु मगरले जानकारी दिए । उनले सवारीको स्वरुप परिवर्तन गरि चलाउनेलाई अन्य कारवाही समेत हुने नियम भएपनि पहिलो चरणमा सम्झाउने र पहिलेकै अवस्थामा साइरन्सर पाइप वनाउन लगाउने काम मात्र गरिएको वताए । 
निमयले नदिने तथा ध्वाँनी प्रदुषण गराउने गरी साइरन्सर परिर्वतन गरि चलाउने कार्यलाई रोक्न ट्राफिक प्रहरीले थालेको अभियान राम्रो भएको सर्वसाधारणहरु समेत वताउछन ।
पछिल्लो समय युवापुस्तामा बुलेट तथा सोही प्रकृतिका बाइकहरुको पारखी वढी रहेका छन । यस्ता बाइकका पारखी युवाहरुले बाइकमै आएको साइरन्सरलाई परिर्वतन गरि आवाज ठुलो आउने वनाएर चलाउने क्रम समेत वढी रहेको छ ।




















