इटहरी । कोइराला सेवा समाज नेपालको प्रदेश १ अधिवेशनमा ४ जनालाई सम्मान गरिएको छ । 

शनिवार इटहरीमा आयोजित प्रदेश स्तरीय अधिवेशन कार्यक्रममा ज्येष्ठ महिला अभिभावक लगायतलाई सम्मान गरिएको हो ।

 कोइराला सेवा समाज नेपाल प्रदेश १ संयोजक नेत्र प्रसाद कोइरालाको अध्यक्षता तथा समाजका केन्द्रीय अध्यक्ष कृष्ण मुरारी कोइरालाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमका बिच विन्दावासीनी मन्दिर निर्माणर्थ जग्गादान गरी सहयोग पुर्याएको भन्दै चित्रलेखा कोइरालालाइ दोसल्ला र सम्मान पत्रले सम्मान  गरिएको थियो ।IMG_20221231_105818

 यस्तै ज्येष्ठ महिला अभिभावकको रुपमा ८१ वर्षीय गणेश कुमारी कोइराला,८३ वर्षीय सुर्य कुमारी कोइराला र ७७ वर्षीय डम्बर कुमारी कोइरालालाई सम्मान गरिएको हो । कार्यक्रममा बिराटनगर महानगरपालीकाका प्रमुख नागेश कोइराला लगायतका अतीथीहरुको सहभागीता रहेको थियो । IMG_20221231_104252

साथै सोही अधीवेसनले नेत्र प्रसाद कोइरालाको अध्यक्षतामा २५ सदस्यीय कार्यसमीती चयन गरेको छ । संस्थाको उपाध्यक्षमा रामचन्द्र कोइराला,कीरण कोइराला र हरी प्रसाद कोइराला रहेका छन भने महासचीवमा ओम प्रसाद कचोइराला,सिचीवमा राधा कोइराला,कोषाध्यक्षमा सनत कोइराला, सह कोषाध्इक्ष्र्गा कोइराला त्यस्तै सदस्यमा बोल प्रसाद कोइराला लगायत अन्य १६ जना सदस्य रहेका छन ।