झापाबाट निर्वाचित ३ जना प्रदेशसभा सदस्य फरक-फरक दलको संसदीय दलको नेता चयन भएका छन् । नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा झापा जिल्लाबाट निर्वाचित प्रदेशसभा सदस्य चयन भएका हुन् ।एमाले संसदीय दलका नेता हिक्मत कार्की, नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका नव निर्वाचित संसदीय दलका नेता भक्ती सिटौला झापाबाट प्रदेशसभामा निर्वाचित भएका हुन् ।


एमाले संसदीय दलका नेता हिक्मत कार्की झापा क्षेत्र नम्बर ५(१) बाट निर्वाचित भएका हुन भने राप्रपाका भक्ती सिटौला झापा क्षेत्रनम्बर ४(२) बाट निर्वाचित भएका हुन । उद्धव भने समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य भएका हुन् ।

माओवादी संसदीय दलको नेतामा चयन भएका इन्द्रबहादुर आङ्वो पाचथर (२) बाट प्रदेशसभामा निर्वाचित भएको भएपनि उनी झापाको कमल गाउँपालिकामा बस्दै आएका छन् ।