इटहरी । इटहरीसंग जन्म र कर्म गासिएकाहरुलाई एकीकृत गर्ने उद्धेश्यले इटहरीका लागि हामी सवै ,सधै सगं भन्ने नारा साथ पुनर्मिलन समारोह आयोजना गरियो ।
विगत ४० वर्ष भन्दा अघि देखि इटहरीमा बसोवास गर्दै आएका तथा उनीहरुका सन्तानहरुलाई एकतावद्ध गरेर आत्मियता वढाउने उद्धेश्यले इटहरीको पर्यटकीय क्षेत्र तालतलैयामा पुनर मिलन समारोह आयोजना गरिएको हो ।
पहिलो गाउँ हुँदा वसोवास गरेका र अहिले सहर वनी सकेको इटहरीका पुराना वासिन्दाहरुको सहभागितामा रमाइलो गर्न साथै भाइचारको सम्वन्ध अझ वढाउने उद्धेश्यले पुनर मिलन कार्यक्रमको आयोजना गरिएको बाबुराम प्रधान वताउछन । आगामी दिनमा पनि यस प्रकारका कार्यक्रमहरुलाई निरन्तरता दिने प्रधानले जानकारी दिए ।
इटहरीसंग जन्म र कर्म गाँसिएका मानिसहरुलाई अन्तरघुलन गराउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको मिनर मिलन समारोहका संयोजक राजु केसी वताउछन । इटहरीसंग विगत जोडिएका कोही यही हुनुहुन्छ भने कोही बाहिर हुनु हुन्छ उहाँहरुलाई पनि अन्तरघुलन गर्न कार्यक्रम महत्वपुण हुने समेत केसीले विश्वास लिएका छन । उनले अग्रव अभिभावकहरुलाई एकै ठाउँमा ल्याएर मार्ग दर्शन सुन्न उहाँहरुको विचार सुन्न पाउदा गौरव लागेको समेत जानकारी दिए ।
पुनर मिलन समारोहमा सहभागी हुन काठमाडौ लगायतका ठाउँहरु समेत बाट गरि ६सय जना भन्दा वढीको सहभागिता रहेको जनाइयो । पुनर मिलन समारोहमा इटहरीसंग जोडिएका पुराना तस्वीरहरु समेत प्रर्दशनीमा राखिएको थियो ।
((




















