इटहरी । नेपाल शैक्षिक परामर्श संघ इक्यान पुर्वाञ्चलको ६औं साधारण सभा सुनसरीको इटहरीमा आयोजना सम्पन्न गरेको छ  । इक्यान पुर्वाञ्चलका अध्यक्ष प्रकास लकान्द्रीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष देविदास भट्टराईको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो । सो अवसरमा नेपाल तथा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुका लागि इक्यानले गर्दै आएको गतिविधिहरुका विषयमा वक्ताहरुले चर्चा गरेका थिए । इक्यानमा आवद्ध शैक्षिक परामर्शदाताहरुले विभिन्न देशमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई सहजिकरण गर्ने , विभिन्न देशमा रहेका कलेजहरुक विषयमा जानकारी गराउने लगायतका कामहरु गर्दै आएको समेत सो अवसरमा चर्चाा गरियो । कार्यक्रममा  उद्योग वाणिज्य संघ प्रदेश नम्बर १का उपाध्यक्ष भिमवहादुर पौडेल लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।