इटहरी । थिम अनुसार अध्ययन गराउदा साना नानीहरुले समेत सहज रुपमा सिक्न सक्ने तर्फ मध्यनजर गर्दै थिम शिक्षा अभ्यास गराउदै आएको विश्व आर्दश एकेडेमीले थिम सेलिब्रेसन कार्यक्रमको आयोजना सम्पन्न  गरेको छ । प्रिप्राइमरी तथा प्राइमरीमा अध्ययनरत साना नानीहरुको प्रत्यक्ष सहभागितामा विश्व आर्दश एकेडेमीले थिम सेलिब्रेसन कार्यक्रमको आयोजना गरेको हो । सो कार्यक्रममा विद्यार्थीहरुले आफैले रोलप्ले गरेर देखाउने एकेडेमीका प्राचार्य गणेश दुलालले जानकारी दिए । उनले थिम शिक्षा अनुसार साना नानीहरुले आफैले रोलप्ले गरेर सहभागी वन्दा उसलाई सिक्न समेत सजिलो हुने समेत प्राचार्य दुलाल वताउछन ।

साना नानीहरुलाई लनिगं वाइ डुइगं अनुसार साना नानीहरुले सिक्ने र आफैले समेत गर्न सक्ने हुदाँ नानीहरुका लागि सिकाइ लागि ठुलो महत्व रहने विश्व आदर्श एकेडेमीकी प्रिप्राइमरी कोडिनेटर शोभा देवी निरौला वताउछिन ।fef

विश्व आर्दश एकेडेमीको आयोजना गरेको थिम सेलिब्रेसनमा साना नानीहरु आफैले विभिन्न रोलप्ले गरेर सहभागिता जनाएका थिए ।