सिराहा । बाबु गुमाएका बालबालिकाहरुलाई शिक्षाका लागि सहयोग पुर्याउने उद्धेश्यले विगत ६ वर्ष देखि सञ्चालित अरफन सर्पोट प्रोगाम’ यस वर्ष देखि सिराहा जिल्लामा पनि सुरु भएको छ । सिराहा जिल्लाका विभिन्न पाँच वटा पालिकामा अरफन सर्पोट प्रोगामका माध्यमबाट सहयोग पुर्यादै आएको छ । बाबु गुमाएका बालबालिकाहरुलाई शिक्षाका लागि सहयोग पुर्याउने उद्धेश्यले विगत ६ वर्ष देखि सञ्चालित अरफन सर्पोट प्रोगाम’ यस वर्ष देखि सिराहा जिल्लामा पनि सुरु भएको छ । सिराहा जिल्लाका विभिन्न पाँच वटा पालिकामा अरफन सर्पोट प्रोगामका माध्यमबाट सहयोग पुर्यादै आएको छ ।
विभिन्न कारणले अभिभावक गुमाएका सिराहा नगरपालिका वडा नम्बर ४ रमौलका ५२ जना बालबालिकालाई न्यानो कपडा ,खद्यान्न र शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।
हेल्पिङ्ग ह्यान्डस र हेसरा नेपालको सहयोगमा अभिभावक गुमाएका बालबालिकाहरुलाई शिक्षाको पहूँच पुर्याउने उद्धेश्यले न्यानो कपडा , खाद्यान्न र शैक्षिक सामाग्री वितरण गरिएको हो ।
अभिभावक विहिन बन्न पुगेका बालबालिकालाई विद्यालयको पठाईबाट बञ्चीत नहुन भनेर अरफन सर्पोट प्रोगाम’ मार्फत सहयोग गरिदै आएको हेल्पिङ्ग ह्यान्डसका कार्यक्रम संयोजक जिव पोखरेलले बताएका छन । अरफन स्र्पोट प्रोगाम अन्तरगत यस वर्ष देखि सिराहामा पनि बाबु गुमाएका बालबालिकाहरुलाई शिक्षाको पहुँचमा पुर्याउन र स्कुल गई रहेका बालबालिकाहरुलाई स्कुल जान नछोडुन भनेर शैक्षिक सामाग्री , पोषणयुक्त खाद्यान्न , न्यानो कपडा वितरण लगायतका सहयोगहरु गर्ने कार्य सुरु गरिएको कार्यक्रम संयोजक पोखरेलले जानकारी दिए ।
अरफन सर्पोट प्रोगाम अन्तरगत सिराहा जिल्लामा ५२ जना वालवालिकाहरुलाई सहयोग गरिदै आएको वताइएको छ । सिराहाका ५२ जना बालबालिकाहरु जिल्लाका विभिन्न ठाउँमा रहेका विद्यालयहरुमा अध्ययनका लागि सहयोग पुर्याउने कार्यक्रम अन्तरगत सिराहा नगरपालिका वडा नम्बर ४का बालबालिकाहरुलाई समेत सहयोग गरिएको वडाध्यक्ष मोहमन्द समशाद आलम वताउछन ।
अभिभावक गुमाएका वालबालिकाहरुलाई आर्थिक अवस्थाकै कारण स्कुल जानबाट बञ्चीत नहुन भनेर स्कुल सम्ममा पुर्याएर शिक्षा हासिल गर्ने वातावरण्का लागि सहयोग गरिएको हेसरा नेपालका कार्यक्रम संयोजक साहदत खान वताउछन ।
सिरहा नगरपालिकाको वडा नम्बर ४ मा मात्र नभएर जिल्लाको सिरहा नगरपालिका, गोलबजार नगरपालिका, सुखिपुर नगरपालिका, धनगढीमाई नगरपालिका र अर्नमा गाउँपालिका गरी ५ स्थानीय तहमा बालबालिकालाई यस प्रकारको सहयोग गरिदै आएको छ ।




















