इटहरी । नेपाल राष्ट्र बैंकले केही सयम अघि जारी गरेको पुँजी कर्जा निर्देशिकाका विषयमा व्यवसायीहरलाई जानकारी गराउने उद्धेश्यले सुनसरीको इटहरीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
होटल व्यवसायी संघ इटहरीको आयोजनामा नेपाल बैंकर्स संघ प्रदेश नम्बर १को समन्वयमा नेपाल राष्ट्र बैकद्धारा जारी पुँजी कर्जा निर्देशिका विषयक अन्तरक्रिया कार्यक्रम होटल इन्टुरिष्टमा सम्पन्न भएको हो ।
नेपाल राष्ट्र बैंकले पुँजी कर्जा निर्दँेशिका जारी गरेपछि वैंकहरुले व्याज दर वढाएको तागेता गरेको भनेर व्यवसायीहरुको गुनासो वढी रहेको समयमा होटल व्यवसायी संघ इटहरीले अन्तरक्रियाको आयोजना जनाइएको छ । बैंकीगं सम्वन्धी धेरै कुराहरु व्यवसायीहरुलाई थाहा नभइरहेको तर्फ मध्यनजर गर्दै अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले जानकारी दिए ।
सो अवसरमा नेपाल वैकर्स संघ प्रदेश नम्बर १का संयोजक विवेक बन्धु न्यौपाने , सहसंयोजक राजेश ढकाल , सचिव शम्भु राठी , नविल वैक प्रदेश प्रमुख सुवोध लोहनी लगायतले आफुहरुले वैकका तर्फबाट गर्न सक्ने सहयोग व्यवसायीहरुलाई गर्ने जनकारी गराएका थिए । उनहरुले नितीगत कुराहरु भने आफुहरुले गर्न नसक्ने भएका कारण केही भन्न सक्ने अवस्था नरहेको समेत सो अवसरमा वैकर्सहरुले अवगत गराएका थिए । कार्यक्रमको प्रमुख अथिती इटहरी उपमहानगरपालिका कार्यवाहक प्रमुख मणीराम श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो भने कार्यक्रममा होटल व्यवसायी साथै अन्य व्यवसायीहरु समेतको सहभागिता रहेको थियो ।




















