काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ आज साउदी अरबको भ्रमणमा जाने भएका छन् । तीनदिने भ्रमणको क्रममा उनले विश्वको सबैभन्दा धेरै तेल निर्यातक देश साउदी अरबका राजासँग भेटवार्ता गर्ने ।

आधिकारिक साउदी प्रेस एजेन्सीले चिनियाँ राष्ट्रपति सी बुधबार भ्रमणका लागि आउने उल्लेख गरेको छ । उनले ६ सदस्य खाडी सहयोग परिषदका प्रमुखहरुसँगको एक शिखर सम्मेलनमा पनि भाग लिनेछन् । 

कोरोना भाइरसको विश्वव्यापी महामारी सुरु भएपछिको सीको यो तेस्रो विदेश भ्रमण हो । २०१६ पछि साउदी अरबको उनको यो पहिलो भ्रमण हो । साउदी अरब र अमेरिकाबीचको ऊर्जा नीतिदेखि लिएर क्षेत्रीय सुरक्षा तथा मानवअधिकारका मुद्दाका बीच हुन लागेकाले सीको यो भ्रमणलाई चासोका साथ हेरिएको छ ।