सुनसरी । सडक पेटी अतिक्रमण हटाउन पटक पटक सुचना गर्दा समेत नहटाइएको भन्दै सुनसरी सदरमुकाम इनरुवामा नगरप्रमुख आफै अतिक्रमित सडकपेटी खाली गराउन सक्रिय भएका छन । इनरुवा सुनसरी नगरपालिकाले सडक अतिक्रण गरिएका क्षेत्रहरु खाली गराउन पटकपटक सुचना जारी गरेपनि सडकपेटीमै पसल राख्ने निर्माण सामाग्री राख्ने लगायतका कार्यहरु नरोकिएपछि नगरप्रमुख केदार भण्डारी आफै डोजर लिएर अतिक्रमण सडकपेटी खाली गराउने कार्यमा सक्रिय भएका हुन । पटकपटक सुचना जारी गरिएपनि सडकपेटी अतिक्रमण गर्नेहरुले खाली नगरिदिएपछि वाध्य भएर आफुहरु नै अतिक्रमण हटाउन थालेको नगरप्रमुख भण्डारीले जानकारी दिए । उनले खाली गरिएका ठाउँहरुमा पुन अतिक्रण गरेर कारोवार गरे कानुनी कारवाहीका साथै सामान जफल गर्ने समेत वताए ।

नगरप्रमुख भण्डारी आफै अतिक्रमण गरिएको सडकपेटी खाली गराउन सडकमा आएपछि केही नगरवासीहरु उत्साहित हुदै अतिक्रण हटाउन सहयोग गरिरहेका छन भने कतिपयले अतिक्रमण हटाउने कार्यमा भेदभाव गरिने होकी भनेर शंका गर्दै भेदभाव नगरी अतिक्रमण हटाउनु पर्नेमा जोड दिएका छन । यता उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष विरेन्द्रकुमार शाहले पेटी खाली गराउने कुरामा संघको समेत साथ रहने भएपनि तत्काल आएर भत्काउनु भन्दा आफै भत्काउछु भन्ने व्यवसायीहरुलाई समय दिनु पर्ने तथा पसल खुल्नु भन्दा पहिले विहानको समयमा अतिक्रमण हटाउने काम गर्दा राम्रो हुने सुझाव दिन्छन । 

इनरुवा नगरपालिकाले यस अघि नै पटकपटक सडकपेटी खाली गर्ने भन्दै सुचना जारी गर्दै आएको थियो ।aaaa