इटहरी । दुर्घटनाका कारण हुने जनधनको क्षति न्युनिकरण गर्ने उद्धेश्यले ट्राफिक प्रहरी पोष्ट हलगडाले सचेतना अभियान सञ्चालन गर्दै आएको छ । सवारी साधनहरुमा जोखिमपुर्ण यात्रा नगर्न साथै जथाभावी बाटो नकाट्ने लगायतका सडक सुरक्षा सम्वन्धी विषय समावेश गरेर सडक प्रयोगकर्ताहरुलाई ट्राफिक प्रहरी पोष्ट हलगडाले सचेतना गर्दै आएको हो । पोष्टका इञ्चार्ज ज्ञानबहादुर देउजाले प्रयोगकर्ता सवारी चालक , यात्री तथा पैदल यात्रीहरुलाई जम्मा पारेर सडक सुरक्षा सम्वन्धी सचेतना अभिवृद्धि गर्ने कार्य गर्दै आएका  छन ।ghh यातायात व्यवस्था  सवारी कार्यालय रहेका कारण समेत हलगडा क्षेत्रमा सवारी तथा मानवीय चहलपहल वढी हुने गरेको तर्र्फ मध्यनजर गर्दै दुर्घटना न्युनिकरणका लागि डिभाइडर राख्ने , फ्याक्स बोड सडक सुरक्षा सम्वन्धी जानकारी मुलक सामाग्रीहरु समेत राखिएका छन । सवारी साधन चलाउदा होस यात पैदल यात्रा गर्दा नै किन नहोस सुरक्षीत तरिका अपनाउनु पर्नेमा यस क्षेत्रमा  ट्राफिक प्रहरीले सचेतना जगाउने काम गर्दै आएको छ ।