काठमाडौँ । काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९  निटफेस्ट २०२२ सुरु भएको छ । सामाजिक रुपान्तरणको लागि रङ्गमञ्च विविधिताको उत्सव भन्ने नाराका साथ ९ दिन सम्म चल्ने महोत्सवको आज शुक्रबार दिउँसो २ बजे थापागाउँ काठमाडौं स्थित मण्डला थिएटरमा भव्य उदघाटन भएको छ । भारतका सुप्रशिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमीको विशेष आथित्यतामा निटफेस्ट २०२२ को दोस्रो संस्करण सुरु भएको हो । उदघाटन समारोहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठ, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, लगायतले कलाप्रेमीहरु माझ सम्बोधन गरेका छन । gg१२ देशका १८ नाटकको ३० मञ्चन सहित कार्यशाला, मास्टर क्लास, अन्तरक्रिया–विमर्शका कार्यक्रमको तालिका सार्वजनिक गरेको महोत्सवमा विश्व भरीबाट २ सय भन्दा बढी नाट्य कलाकारहरु सहभागी हुँदैछन । महोत्सवमा सहभागी हुन ‘पद्यश्री’ र ‘पद्य भूषण’बाट सम्मानित अभिनेत्री शबाना आजमी, विभिन्न देशका नाट्य टोली, निर्देशकहरु काठमाडौं आइसकेका छन । महोत्सवमा नेपाल सहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन ।