मोरङ । मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस उम्मेदवार डा. शुनिल शर्मा विजयी भएका छन् । एमाले उम्मेदवार भानुभक्त ढकाललाई फराकिलो मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका छन्।

२०७४ सालको निर्वाचनमा ढकालले  डा. शर्मालाई पराजित गरेका थिए । यो पटक डाक्टर शर्माले ठूलो मतान्तरसहित ढकाललाई पराजित गरेर बदला लिका छन्।

शर्माले ४८ हजार ६३१ मत ल्याएका छन् । ढकालले २५ हजार ८९५ मत मात्रै पाए ।  राप्रपाबाट उम्मेदवार बनेकी रेखा थापाले १० हजार ९८८ मत मात्रै पाइन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास उप्रेतीले ३१७२, मंगोल नेशनल अर्गनाइजेसनका बिकेन्द्र राईले १५२० मत पाएका छन् ।