झापा । पुर्वी नेपालको भद्रपुरमा विगत १३ वर्ष देखि सञ्चालन हुँदै आएको ओम साई पाथिभरा अस्पतालले सेवा विस्तार गर्ने भएको छ । मेची अञ्चल क्षेत्रमा सञ्चालित स्वास्थ्य सेवा प्रदायक संस्थााहरुमा राज्यलाई सर्वाधिक कर वुझाउने संस्थाको रुपमा विगत तीन वर्ष देखि सम्मानित हुँदै आएको ओम साई पाथिभरा अस्पतालले सेवा विस्तार गर्दै एक सय शैयाबाट दुई सय शैया पुर्याउने भएको हो । ओम साई पाथिपरा  अस्पतालले मची क्षेत्रका ताप्लेजुङ, पाँचथर, इलाम, झापा र सिमावर्ती भारतीय क्षेत्रका मानिसहरुलाई उपचार सेवा प्रभावकारी रुपमा दिदै आएको छ । यस पटक पनि एघारौं राष्ट्रिय कर दिबस अबसरमा आयोजित कार्यक्रममा उत्कृष्ट करदाताको रुपमा ओम साई पाथिभरा अस्पतालका अध्यक्ष दिपककुमार पोखरेललाई सम्मान गरियो । सम्मानित अस्पतालका अध्यक्ष पोखरेलले गरिव, विपन्न तथा असहाय वर्गको उपचारमा संस्थाले विशेष सहुलियत र प्राथमिकता दिदै आएको वताए  । उनले अस्पतालबाट प्रभावकारी सेवा उपलब्ध गराउने क्रममा अत्याधुनिक उपकरण, दक्ष प्राविधिक र जनशक्ति र भौतिक पूर्वाधार विस्तारलाइ विशेष प्राथकिमता दिएको र चाडै दुइ सय शैय्या सञ्चालन गरिने समेत जानकारी दिए ।सौर्य एयरलाइन्सका अध्यक्ष समेत रहेका पोखरेलले अस्पतालले विगत देखि नै जेष्टनागरिक, असहाय तथा वालवालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै ं निःशूल्क स्वास्थ्य शिविर समेत अस्पतालले समयसमयमा सञ्चालन गर्दै आएको छ । राष्ट्यि कर दिवस समापन कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख सुबप्रसाद रिजालले आर्थिक वर्ष २०७७÷७८ मा स्वास्थ्य क्षेत्रमा सवैभन्दा धेरै कर तिर्नेमा ओम साई पाथिभरा अस्पताल उत्कृष्ठ ठहरिएको भन्दै अध्यक्ष पोखरेललाइ सम्मानपत्र प्रदान गरेका थिए ।