चितवन । चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ बा प्रतिस्पर्धा गर्ने भएपछि यो क्षेत्र देशभर चर्चामा रहेको छ ।

यहाँ नेकपा एमालेबाट कृष्णभक्त पोखरेल र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ उम्मेदवार रहेका छन । क्षेत्र नम्बर २ मा ६७ दशमलव ३ प्रतिशत मत खसेको छ ।