काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा आफूहरुलाई उपेक्षा गरेर अगाडि बढ्न अरु दलहरुलाई कठिन हुने भनेका छन् ।

सोमबार चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै लामिछानेले आफूहरुलाई साथमा नलिई अगाडि बढ्न कठिन हुने बताएका छन।

मतगणनाको प्रारम्भिक अवस्थामा आएका रिपोर्ट राम्रो भए पनि यसैलाई आधार मानेर अहिले नै कुनै टिप्पणी गर्नु हतार हुने लामिछानेले बताए ।

निर्वाचन नजितीकन जितेपछि के गर्ने भन्ने कुरा गर्नु उचित नहुने उनको भनाइ छ । कुन मन्त्रालय माग्नुहुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा रविले भने, ‘म त्यो फेजमा पुगिसकेको छैन ।