इटहरी । इटहरी उपमहानगरपालिकाको वडा नम्बर ९ जुटविकास चोकमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्तेज पारेको छ ।
विहानै स्थानीयले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खवर गरेका थिए , शंकास्पद वस्तु फेला परेपछि प्रहरीको समन्वयमा नेपाली सेनाको बम डिस्पोज टोली पुगेर निस्तेज पारेको हो ।
निर्वाचनका दिन फेला परेको शंकास्पद वस्तुका कारण सर्वसाधारण केही समय सम्म आतंकीत भएपनि उक्तवस्तु विस्पोट वस्तु नभएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुम प्रहरी नायव उपरिक्षक खगेन्द्रवहादुर खड्काले जानकारी दिए । उनले उक्त वस्तु राखेर जनतालाई आंतकीत वनाउनेका कार्यमा संलग्नहरुको खोजी काय सुरु गरिएको समेत वताए ।




















