दाङ । दाङ क्षेत्र नम्बर ३ अन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१० पातु वनगाउँ मावि मतदान स्थलमा बेलुका सात बजेसम्म मतदान हुने भएको छ ।

‘ग’ मतदान केन्द्रमा ४५ जनाले मतदान गरिसकेपछि प्रतिनिधिसभामा मत नै नखसेको पत्ता लागेपछि मतदान रोकिएको थियो । त्यसपछि बुझ्ने क्रममा कर्मचारीहरुले प्रतिनिधिसभाको मतपत्र नदिएर प्रदेशसभाको मात्र दिएको पत्ता लागेको थियो ।

यही विवादका कारण केही घण्टा मतदान रोकिएकाले बेलुकासम्मै मतदानको समय तोकिएको हो । दाङ क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले प्राविधिक त्रुटिका कारण मतदानका लागि पूर्वनिर्धारित समयमा दुई घण्टा थप गरिएको बताए ।