धनकुटा । धनकुटा कारागारमा रहेका कैदीबन्दी जीवन विताई रहेका ४० जना कैदीबन्दीहरुले मतदान गरेका छन ।

 अस्थायी मतदाताका रुपमा नाम दर्ता गराएका ४२ जना मध्ये ४० जनाले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकका लागि मतदान गरेका हुन ।

  कारागारमा रहेका ८८ जना कैदीबन्दी मध्ये ४२ जनाले अस्थायी मतदाता नामवलीमा नाम दर्ता गराएकोमा एक जनाको मृत्यु भएको तथा एक जना कारागारबाट निस्किएकाले ४० जनाले मात्र मतदान गरेका छन ।  

   यसैगरी धनकुटा नगरपालिका वडा नम्वर ६ मा रहेको बहुउदेश्य सामुदायिक भवन, आँखा अस्पताल मतदान स्थलबाट मदन पुरस्कार प्राप्त गर्न सफल प्रतिभाशाली साहित्यकार  झमक घिमिरेले आफ्नै खुट्टाको सहायताले मतदान गरेकी छन ।

चार गाउँपालिका र तीन नगरपालिका गरी कुल ७ वटा पालिका रहेको धनकुटामा  एकलाख १६ हजार ९९१ मतदाता रहेका छन भने एक सय १९ स्थानमा एक सय ६४ मतदान केन्द्र केन्द्रबाट मतदानको व्यवस्था मिलाइएको थियो ।