इटहरी । लायन्स क्लव अफ इटहरी स्मार्ट सिटीको नयाँ कार्य समितिका पदाधिकारीहरुको एक कार्यक्रमका विच पदस्थापना सम्पन्न भएको छ । इटहरीको दुर्गा पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरि अध्यक्ष वेदनाथ भेटवाल राजन लगायत नयाँ कार्य समितिको पदस्थापना गरिएको हो । लायन्स क्लवका गर्भनर धिरज गुरुङको प्रमुख आतिथ्य तथा मुक्तीनाथ दाहालको अध्यक्षतामा भएको पदस्थापना कार्यक्रममा लायन्स क्लव अफ इटहरी स्मार्ट सिटीका वर्ष २०२२/२०२३का अध्यक्ष वेदनाथ भेटवाल सहित नयाँ कार्य समितिको पदस्थापना गरिएको हो । लायन्स क्लव अफ इटहरी स्मार्ट सिटीको नयाँ कार्य समितिको प्रथम उपाध्यक्षमा गणेश ओली , द्धितिय उपाध्यक्ष शिवप्रसाद भट्टराई भुपाल , तृतिय उपाध्यक्ष कुशल विष्ट,सचिव रञ्जना शर्मा , कोषाध्यक्ष अमिसा तिम्सिना,सह सचिव पुष्पा अधिकारी,सह कोषाध्यक्ष रुद्रमाया घिमीरे चयन भएका छन । त्यसै गरी लियो क्लव अफ इटहरी स्र्माट सिटीका अध्यक्ष शुसान्त न्यौपाने सहित कार्य समितिको पदस्थापना गरियो । पदस्थापन कार्यक्रममा लायन्स क्लव अफ इटहरी स्मार्ट सिटीका संस्थापक राजेन्द्र केशरी घिमीरे , पुर्वद्धय अध्यक्ष लक्ष्मी बराल गौतम , थानेश्वर ढकाल नेलशन लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।




















