काठमाडौं । आगामि मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जनकपुर–जयनगर नेपाल भारत अन्तरदेशीय रेल सेवा चार दिनका लागि बन्द हुने भएको छ ।
नेपाल रेल्वे कम्पनीले एक सूचना जारी गर्दै १ मंसिरदेखि ४ मंसिरसम्म रेल सेवा बन्द गर्ने भनिएको छ ।चारदिन स्थगन हुने रेल सेवा पुनः ५ गतेबाट सञ्चालन गरिने कम्पनीका प्रबन्ध सञ्चालक निरन्जनकुमार झाले जानकारी दिए छन् ।




















