धरान । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले छोरी दिदा जस्तै गरि सोचेर मात्र मत दिन मतदातालाई आग्रह गरेका छन । राप्रपा धरान नगर समितिले धरानको भानुचौकमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै लिगदेनले छोरी दिदा बिस्तृत रुपमा बुझेर मात्र दिए जसरी आफ्नो अमुल्य मत पनी सोच वीचार गरेर मात्र दीन सर्वसाधारणलाइ आग्रह गरेका हुन । उनले दलदलमा फसेको मुलुकलाई दलदलबाट निकाल्न राम्रो उमेद्वारलाई छान्न अनुरोध गर्दै पुराना दलको विकल्पमा राप्रपा आएको बताएका हुन । राप्रपाले मात्र मुलुकको विकास गर्ने बताउँदै उनले राप्रपाले पहिलादेखि नै भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो,भन्ने मूल मन्त्र लिएर हिडेको बताएका छन । उनले भ्रष्टाचारीलाई पाखा लगाउन पनि राप्रपाको जित आवश्यक रहेको समेत बताए ।
अहिलेका सिमित दलहरुले देशलाई चक्रव्युहमा फसाएको उनको आरोप रहेको थियो । देश बचाउने अभिभारा जनताको काँधमा आएको बताउँदै उनले जनताहरु जागरुक बन्नुपर्ने बताएका हुन । राप्रपाले पछिल्लो ५ वर्षको अवधिमा राष्ट्रियता र जनताको हितको पक्षमा वकालत गर्दै आएको बताउदै उनले जनताकै काम गर्न आएको (राप्रपा) लाई भोट दिइ जिताउन आग्रह समेत गरे । उनले सुनसरी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्यहरुलाई अत्याधिक मतका साथ विजय गराउन मतदातालाई आग्रह समेत गरे । सभामा प्रतिनिधिसभा सदस्यका उमेद्वार अशोक राई, प्रदेश १ (क) का उमेद्वार उद्धवप्रसाद श्रेष्ठ लगायतले सम्बोधन गरका थिए ।




















