इटहरी । स्वास्थ्य संस्थाहरुमा उपचारका लागि आउने विरामीहरुलाई आवश्यक पर्ने रगत अभाव नहोस भनेर सुनसरीको इटहरीमा रहेको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
मुलुककै ठुला सहकारीहरु मध्येमा पर्ने बहुसंख्यक महिला सदस्य रहेको महिला बचत तथा ऋण सहकारीले आयोजना गरेको रक्तदान कार्यक्रममा एक सय १० जनाले रक्तदान गरेका छन ।
सहकारीले बार्षिक कार्यक्रम अन्तरगत हरेक वर्ष झै यस वर्ष पनि रक्तदानको कार्यक्रम गरेको रक्तदान कार्यक्रमकी संयोजक पुनम थापा मगरले जानकारी दिइन । उनले विरामीहरुलाई उपचारका लागि रगत अभाव नहोस भनेर रक्तदान कार्यक्रमको आयोजना गरेको समेत वताइन ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्र धरानले प्राविधिक सहयोग पुर्याएको थियो । रक्तसंचार केन्द्र धरानमा संकलन हुने रगतको ४० प्रतिसत हिस्सा इटहरीले मात्र पुर्याउदै आएको छ ।
((




















