मोरगं । मोरगंको सुन्दरहरैचामा रहेको दुलारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विभिन्न कार्यक्रम गरी रजत जयन्ती मनाउने भएको छ ।

   पच्चिस वर्ष अघि थोरै सेयरसदस्यहरुबाट स्थापना भएको दुलारी बचत तथा ऋण सहकरीले पच्सिस वर्षमा आइपुग्दा धेरै नै प्रगति गरिसकेको र  रजत जयन्ती मनाउन लागेको पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

  सहकारीका अध्यक्ष हेमन्त कार्कीले रजत जयन्तीका अवसर पारेर जेष्ठ नागरिक सम्मान , विद्यार्थी सम्मान ,सेयर सदस्य सम्मान सहित सामाजिक तथा स्वास्थ्य सम्वन्धी विभिन्न कार्यक्रमहरुको आयोजना गरि रजत जयन्ती मनाउने जानकारी दिएका छन । IMG_20221111_082138उनले रजत जयन्ती यही कार्तिक २५ गते देखि आगामी २०८० साल असार मसान्त सम्म विभिन्न कार्यक्रमको आयोजना गरि रजत जयन्ती मनाउन लागेको समेत वताए ।

अन्य कतिपय सहकारीहरु आर्थिक तरलताका कारण समस्यामा परिरहेको समयमा दुलारी बचत तथा ऋण सहकारीले भने २१ प्रतिसत बोसन बाड्न सफल भएको समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो । विगतमा थोरै सेयर सदस्यबाट सञ्चालनमा ल्याइएकोमा हाल १७सय बढी सेयर सदस्य रहेको तथा २०करोडको वासतालको अवस्थामा दुलारी बचत तथा ऋण सहकारी पुगेको उल्लेख गरियो ।