इटहरी । इटहरीका ब्यवसायीहरुले लिएको ऋणको ब्याज राष्ट्र बैंकले चर्काे ब्याजदर नीति ल्याएको विरोधमा इटहरीका ब्यवसायीहरूले ब्याजदर नघटाए बिभिन्न चरणमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
बुधबार सुनसरीको इटहरीमा भने ब्यवसायीहरूले स्थानिय बैंकका शाखाहरू अगाडी पुगेर नारावाजी गरेका हुन ।
उद्योग वाणिज्य संघ इटहरीको आयोजनामा भएको विरोध कार्यक्रममा दर्जन बढी ब्यवसायी सस्थाहरूले बुधबार इटहरी क्षेत्रमा रहेका आधा दर्जन बढी बैंकका शाखाहरू केहीबेर सांकेतिक घेराउ गरेका हुन । व्यवसायीहरूले बैँकको आतंक बन्द गर , पुरानो ब्याजदर कायम गर , व्यवसायी व्यवसायी एक हौ जस्ता प्लेकार्डहरू बोकेर बैंक बिरूद्ध नारावाजी गरेका थिए ।
विरोध र्याली इटहरीको संगित चोक हुदै इटहरी बजार परिक्रमा गरी कोणसभामा परिणत भएको थियो ।
उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम बहादुर पौडेलले देशको अर्थतन्त्र धरासयी बनिरहेको बेला राष्ट्र बैंकले ल्याएको चर्काे ब्याजदर नीतिले उल्टै ब्यवसायीहरूलाइ मार्ने तर्क दिएको कारण विरोध गरिएको बताए ।
उनले तत्काल यो निर्णय फिर्ता लिन राष्ट्र बैंक समक्ष माग गरेका छन ।
त्यसतै होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले कोरोना कहरमा पयैटन ब्यवसायीहरु थलिएका छन फेरी बैंक ब्याज पनी थाहानै नदिइ बढाएका कारण ब्यवसायीहरु मारमा परेको गुनासा गरे ।
विरोध र्यालीमा, रेडिमेड व्यवसायी संघ, सुनचाँदी व्यवसायी संघ, होटल व्यवसायी संघ लगायतका संघ सस्थामा आबद्ध ब्यवसायीहरुको सहभागिता रहेको थियो ।




















