धनकुटा  । मत बदर नहोस भन्ने उद्धेश्यले धनकुटामा नमुना मतदान गरिएको छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आयोजना गरिएको नमुना मतदानमा धनकुटाका ३६ जना मतदाताहरुले मतदान गर्नु भएको छ । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मतदान स्थलमा रहेको मतदान केन्द्रमा २२ जना पुरुष र १४ जना महिला गरि ३६ जना मतदाताले मतदान गर्नु भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाका जिल्ला निर्वाचन अधिकृत जयराम श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन  कार्यालय धनकुटाले  आयोजना  गरेको नमुना मतदान  कार्यक्रममा मतदान सकि घर फर्कदै गर्नु गर्नु भएका मतदाता भन्नु हुन्छ स्थानीय तहभन्दा फरक र धेरै समय लाग्नसक्ने यो निर्वाचन भएकाले मतदाताहरु अलमलमा पर्न सक्ने हुदा मतदाता शिक्षालाई तीब्र बनाउनु आवश्यक देखिन्छ ।IMG20221107161018

नमुना  मतदानमा  सहभागी  भएपछि  चार  ठाउँ  लगाउनु  पर्दा  धेरै  समय  लाग्नसक्ने  भएकाले  मतदान  स्थलको  व्यवस्थापनमा सरोकारवाला निकायले ध्यान दिनुपर्ने मतदाताहरुले सुझाव दिनुभयो ।

आगामी निर्वाचनमा प्रत्येक मतदाताले आफ्ना इच्छाएका उम्मेदवारलाई चार मतपत्रमा एक एक छाप लगाएर चारवटा मतपेटिकामा खसाल्नु पर्नेछ ।

जिल्ला निर्वाचन कार्यालय धनकुटाका जिल्ला निर्वाचन अधिकृत श्रोष्ठका अनुसार पहिलो  मतपत्रमा  प्रतिनिधि  सभा  सदस्यको  प्रत्यक्षतर्फ  मतदान  गरेर  मतपेटिकामा  खसाल्नु  पर्नेछ  । दोस्रो  प्रतिनिधि सभा समानुपातिकतर्फका उम्मेदवारलाई मतदान  गरी  मतपेटिकामा  खसाल्नु  पर्नेछ । त्यसपछि प्रदेश सभा सदस्यतर्फको प्रत्यक्षमा मतदान गरेर मतपेटिकामा खसालेपछि प्रदेश सभातर्फकै समानुपातिक उम्मेदवारलाई मत हाल्नुपर्ने प्रक्रिया छ । IMG20221107155735

धनकुटाका सात स्थानीय तहमध्ये शोमबार धनकुटा नगरपालिकामा नमुना मतदान गरिएको हो ।

यससँगै मतदाता शिक्षासमेत सुरु गरिने भएको छ । स्थानीय तहमार्फत सञ्चालन हुने मतदाता शिक्षामा प्रत्यक्ष घरदैलो र सामुदायिक कार्यक्रम गरिनेछ । मतदानमा सहभागी मतदातालाई सहज बनाउन मतदान स्थलको व्यवस्थापनमा विशेष ध्यान दिइने र त्यसका लागि मतदान अधिकृत नियुक्त भएपछि सम्बन्धित केन्द्रमा खटिने  सुरक्षा  प्रमुख  र  अधिकृतलाई  मतपेटिकाको व्यावस्थापनमा लगाउने ।

बिहान ७ः०० बजेदेखि मतदान गर्ने समय तोकिएकाले मतदातालाई बिहानैदेखि मतदानमा सहभागी भइदिन अनुरोध गर्नुभयो । 

सुरक्षाको तीन घेरा नमुना मतदान भएको धनकुटाको व्यस्त बजारमा  निर्वाचनको  समयमा जस्तै  सुरक्षाको तीन घेरा कायम गरिएको थियो । पहिलो घेरा र मतपेटिकासँगै नेपाल प्रहरी र म्यादी, दोस्रोमा सशस्त्र र त्यसभन्दा बाहिरी घेरामा नेपाली सेनाको पहरा देखिन्थ्यो ।