धनकुटा । धनकुटामा नमूना मतदान गरिएको सम्पन्न गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले मत बदर कम गर्न सोमबार नमूना मतदान गरेको हो ।

मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मत बदर घटाउन नमूना मतदान गरिएको कार्यालयका प्रमुख जयराम श्रेष्ठले जानकारी दिए । अन्य स्थानीय तहमा पनि नमूना मतदान कार्यक्रम आयोजना गरिने छ ।

धनकुटाको पशु विज्ञ तथा भेटेरीनरी कार्यालयमा आयोजना गरिएको नमूना मतदानमा कर्मचारी, सेवाग्राही, पत्रकार र स्थानीयले नमूना मतदानमा भाग लिएका छन् । नमूना मतदान सहभागीले प्रदेश र प्रतिनिधिका प्रत्यक्षलाई र समानुपातिक गरि ४ वटा मतपत्रमा ४ पटक मतदान गरेका छन् । नमूना मतदानमा २१ पुरुष र १५ महिला गरि ३६ जनाले भाग लिएका छन् ।


धनकुटामा एक लाख १६ हजार नौ सय ९१ मतदाता रहेका छन् । तीन नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा कुल एक सय १९ मतदानस्थल छन् भने एक सय ६२ मतदान केन्द्र रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।