धनकुटा । निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक आधा दिवसीय मिडिया अभिमुखिकरण कार्यक्रम धनकुकटामा सम्पन्न भएको छ ।
शोमबार जिल्ला निर्वाचन कार्यालय धनकुटाको आयोजनामा उक्त अभिमुखिकरण कार्यक्रम सदरमुकाम धनकुटामा रहेको होटल मुरचुग्गामा सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाका जिल्ला निर्वाचन अधिकृत जयराम श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सञ्चार माध्यम तथा पत्रकारहरुको भूमिकाका बिषयमा छलफलका लागी उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा सञ्चार माध्यमको प्रयोग कसरी गर्ने, आचार संहिता सम्बन्धि, मतदाता शिक्षा तथा तालिम, मतदाता शिक्षण निर्देशिका स्वीकृत भए नभएको, ४३ वटा राष्ट्र तथा ४ वटा अन्तराष्ट्रिय संस्थाहरुलाई निर्वाचन अनुगमन, निर्वाचन प्रचार प्रसार अवधी अघि उम्मेदवारले गर्न पाउने कार्य, आचार संहिता कस्लाई, रोकथामकालागि आयोगले गरेका प्रयासहरु, आचार संहिता उल्लघंन सम्बन्धि उजुरी दिन सक्ने, उजुरीको सुचना कहाँ दिने, आचार संहिता उल्लघंनमा हुन सक्ने कारबाहि, निर्वाचन –कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कसुर मानिने, सञ्चार माध्यम सँग आयोगको अपेक्षा, वाचडकको भुमिकालगायतका विषयमा कार्यपत्र मार्फत प्रशिक्षण गराइएको थियो ।
उक्त कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ धनकुटा शाखाका सभापति प्रमुख नरेन्द्र राईले निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित तरिकाले सम्पन्न गर्ने बिषयमा सञ्चार माध्यम तथा पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने बताउनु भयो । निर्वाचनमा सञ्चार माध्यम तथा पत्रकारहरुले कुनै पनि व्यक्ति वा दलको पक्ष बिपक्ष नलिई निश्पक्ष तरिकाले समाचार सम्प्रेषण गर्ने कुरामा जोड दिनु पर्ने बताउनु भयो ।
त्यस्तै उक्त कार्यक्रमका अध्यक्षता गरिरहेका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले भने निर्वाचनमा सञ्चार माध्यम तथा पत्रकारहरुले निर्वाचन आचार संहिता प्रभावकारी रुपमा पालना गर्नु पर्ने र अरु कोहि कसैले पालना गरे नगरेको अनुगमनका साथै कसैले उल्लङघन गरेको पाएमा खबदारी गर्न पनि आग्रह गर्दै निर्वाचनमा मिडियाले मतदाता शिक्षा र नागरिक सचेतनामा महत्वपूर्ण भूमिका खेल्दै सत्य, तथ्य सुचनाहरु सम्प्रेषण गर्नु पर्ने बताउनु भयो ।
जिल्ला निर्वाचन कार्यालय धनकुटाका जिल्ला निर्वाचन अधिकृत जयराम श्रेष्ठ र नेपाल पत्रकार महासंघ धनकुटा शाखाका सभापति नरेन्द्र राईले उक्त कार्यक्रममा कार्यपत्र प्रस्तुतका साथमा प्रशिक्षण गर्नु भएको थियो ।
जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको अध्यक्षतामा सुरु भएको मिडिया अभिमुखिकरणका प्रमुख अथिति मुख्य निर्वाचन अधिकृत योगेन्द्र प्रसाद शाह, प्रमुख सेनानी सुमन थापा, जिल्ला प्रहरी कार्यालयका प्रमुख लक्ष्मीराज अधिकारी, सशस्त्र प्रहरी नायव उपरीक्षक दिपक वलामी, प्रमुख अनुसन्धान अधिकृत तुलसी कट्टेल, जिल्ला स्थित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारलगायतको उपस्थिति रहेको थियो ।




















