धनकुटा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनकुटामा रोचक प्रतिस्पर्धा हुने भएको छ ।

    नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक वाम गठवन्धन र नेकपा एमाले नेतृत्वको गठवन्धनका उमेदवार शुनिल थापा र राजेन्द्रकुमार राई चुनावी प्रतिस्पर्धामा रहेका छन । यि दुई उमेदवारहरुले एक अर्कासंग दुई पटक चुनावी प्रतिस्पर्धा गरिसकेका छन । एक पटक थापाले र एक पटक राईले एकले अर्कालाई हराएका छन । तेस्रो पटक आमुन्ने सामन्ने भएका थापा र राई विचको प्रतिस्पर्धामा २०७० सालको संविधानसभा निर्वाचनमा थापाले बाजी मारेका थिए भने २०७४सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राईले बाजी मारेका थिए । यस पटक पुनः थापा र राई प्रतिनिधिसभा सदस्यका लागि उमेदवार रहेका छन । पाख्रिवास नगरपालिका वडा नम्बर ८ मुगाका थापा र राईसंगै अन्य आठ जना चुनावी मैदानमा रहेको छन ।

धनकुटाको निर्वाचनमा थापा र राई विच नै प्रतिस्पर्धा हुने धेरैले अनुमान गरेका छन तर हेमराज भण्डारी जस्ता स्वतन्त्र उमेदवारहरु पनि चुनावी मैदानमा रहेका कारण कसले यस पटक बाजी मार्ने हो भनेर अहिले नै भन्न सकिने अवस्था छैन ।314419894_1247763829122212_1969920143325792455_n

  २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेपनि एमालेका राईले जिल्लामा विकास निर्माका कामहरु गर्न नसकेको भन्दै जनताहरु परिवर्तनको पक्षमा रहेकाले आफुलाई जनताले विश्वास गरेर जिताउने थापा वताउनु हुन्छ । नेपाली कांग्रेसका उमेदवार थापाले  धनकुटामा कोरोना कहरको प्रथम लहरको महामारीको समयमा स्वास्थ्य उपचार र स्वास्थ्य सुरक्षाका सामाग्रीहरु जुटाएर आठ लाख वराबरको हेलिकप्टरबाट ल्याएर वितरण गरेको तथा दोस्रो लहरको समयमा पनि ७२लाख बराबरको अक्सिजन कन्सन्टेटर ,अक्सिजन सिलिन्टर ,उपकरण सहित औषधि जिल्लाका सवै वडा तथा ६२ स्वास्थ्य केन्द्रमा वितरण गरेर महामारीको समयमा जिल्लाबासीलाई गुन लगाउने काम आफुले गर्दा पनि निर्वाचित जनप्रतिनिधिले केही नगरेको थापा सुनाउनु हुन्छ ।

 काँग्रेस नेता थापा धनकुटा अस्पतालमा जापान सरकारको अनुदानमा एक करोडको अक्सिजन प्लान्ट भित्राउन सफल, भारतीय सरकारको सहयोगमा छिन्ताङ्गमा एम्बुलेन्स हस्तान्तरण,  धनकुटाबाट काठमाण्डौ आई बसेका दुईसय भन्दा बढि धनकुटेली परिवारलाई कोभिडको समयमा निःशुल्क खाद्यान्न वितरण लगायतका सामाजीक कार्य गरेकाले थापाको विकल्प यस पटक जनताले नखोज्ने धनकुटाका काँग्रेसका सभापति दिनेश राई विश्वास गर्दछन ।

 थापासँग एक पटक हारेको र अर्काे पटक थापालाई हराएका राई यस पनि आफनो पार्टीको संगठन दर्हाे रहेको र जनतासंग आफु घुलमिल भईरहेका कारण राईकै जित हुने एमाले नेता कार्यकर्ताले  विश्वास गरेका छन । स्वतन्त्र उमेदवारहरु मध्ये बलियो उमेदवारका रुपमा देखा परिरहेका भण्डारी भने आफु कसैलाई हराउन भन्दा पनि चुनाव जित्नकै लागि उमेदवार वनेको र पार्टीहरुसंग जनताको वितृष्णा वढीरहेकाले आफनो जित हुने दावी गर्नु हुन्छ ।