सुनसरी । सहभागीता जनाइ स्वास्थ्य परीक्षण गराइ लाभ लीनुहोस भन्ने मुल नाराका साथ सुनसरीको इटहरीमा निशुल्क स्वास्थ्य शिविर तथा जेष्ट नागरिक  सम्मान कार्यक्रम सम्पन्न भएको छ । श्री कचना महादेव मन्दिर समितिको आयोजना तथा सुनसरी नागरिक स्वास्थ्य सेवा प्रा.लि.,जनसेवा डेन्टल क्नििक,र नवद्धष्टि आइ हस्पिटल लगाएतका संस्थाहरुको समन्वयमा निशुल्क स्वास्थ्य शिविर तथा जेष्ट नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको हो । उक्त शीवीरमा सबै उमेर समुहका नागरीकलाइ आँखा परिक्षण,स्त्री रोग परिक्षण,दन्त परिक्षण,हाडजोर्नी तथा नसा रोग परिक्षण र सुगर पे्रसर तथा रक्तसमुह परिक्षण साथै ल्याव परीक्षण गराइएको थीयो । वीशेष महत्व बोकेको कचना महादेव मन्दीरमा वैसाख ३ गते लाग्ने मेलामा देशका वीभीन्न स्थानबाट भक्तजनहरुको उपस्थीती रहने हुदा यस कचना महादेव मन्दिर संरचना पुरानो भएका कारण मन्दीरको प्रचार प्रसारका लागी समेत शीवीरको आयोजना गरीएको  कचना मन्दीर समीतीका कार्यवाहक अध्यक्ष रोशन तामाङले जानकारी दिए ।

इटहरी वडा नम्बर ४ मा रहेको कचना महादेव मन्दिरमा यस समितिले निशुल्क स्वास्थ्य शिविर अन्र्तगत आखाँ,कान,घाटि र ल्याव परिक्षण र जेष्ट नागरिकलाइ सम्मान गर्दा आफुलाइ खुसि लागेको इटछहरी वडा नम्बर ६ का वडा अध्यक्ष दिवश पोख्रेलले जानकारी दीए । यस्तै उत्त कार्यक्रमा इटहरी ६ का वडा अध्यक्ष दिवश पोखे्रलको पनि सहभागिता रहेको थियो । 

उत्त शिविरमा सेवाग्राहिलाइ निशुल्क औषधि वितरण गरिएको थियो भने इटहरी साथै इटहरी आसपासका क्षेत्रका २०० भन्दा बढि सेवाग्राहीले सेवा लिएका थीए ।  र यस्तो सेवा लिन पाउदा आफु खुसि भएको समेत सेवा बताए ।

gdg