इटहरी । सहयोगी हातहरू संस्था इटहरीद्धारा लविपुर क्षेत्रमा वृहत् सरसफाई  कार्यक्रम सम्पन्न गरेको छ ।  

सस्थाले आफ्नो ठाँउ आफै सफा राखौ भन्ने उद्धश्यले वृहत् लविपुर सरसफाई अभियान अभियान सुरु गरिएको छ । 

इटहरी उपमहानगर पालिका  वडा नं. १६ र १७ मा पर्ने बजार आसपासका क्षेत्रको सरसफाई गरिएको हो । 

 सरसफाई कार्यक्रममा सहयोगी हातहरुका अध्यक्ष विजय खनाल, वडा नं. १६ र १७ का वडाअध्यक्ष तेजनारायण चौधरी र प्रभातकुमार आचार्य, इलाका प्रहरी कार्यालयका प्रहरी तथा   स्थानियवासीहरुको सहभागिता रहेको थियो । 314484706_1246011902634150_8146241799983042027_n

आप्mनो गाँउ,बजार क्षेत्रको सरसफाईमा आफै जुटौ भन्ने उद्धेश्य लिएर स्थानियवासीहरु संग छलफल गरेर सरसफाई कार्यक्रमको आयोजना गरेको संस्थापक अध्यक्ष राजु अधिकारीले जानकारी दिए । 

फोहोर संकलनका लागि आवश्यक पर्ने औजार आफै लिएर सरसपलाईमा सहभागि भएका थिए स 

 प्रत्येक हप्ताको शनिवार यस क्षेत्रलाई सरसफाई निरन्तरता दिने पनी बताए ।