इटहरी । एशियाली ऋृण महासंघबाट एक्सेस ब्राण्ड सिल्भर मेडल प्राप्त गर्ने सफल सुनसरी जिल्लाको इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋृण सहकारी संस्था लिमिटेडले २७औं स्थापना दिवस एक कार्यक्रमको आयोजना गरि मनाएको छ ।  २०५८ सालमा स्थापना भई सञ्चालन हुदै आएको किसान कल्याण सहकारीले एक प्रदेस सहकारी कार्यालयका रजिष्टार हरिवहादुर खत्रीको प्रमुख आतिथ्यमा २७औं स्थापना दिवस मनाएको हो  । सहकारीका अध्यक्ष शालिकराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चार क्षेत्रको माध्यमबाट सहकारीहरुको गतिविधिमा सहयोग पुर्याउदै आएको भन्दै उत्कृष्ट सञ्चारकर्मी सम्मानबाट पत्रकार प्रकास बञ्जरालाई सम्मान गरेको छ । hhhत्यसै गरी सोही कार्यक्रममा विभिन्न तहमा उत्कृष्ट नम्बर ल्याउने सेयर सदस्यका सन्तती , उत्कृष्ट सेवा केन्द्र ,उत्कृष्ट बचतकर्ता , उत्कृष्ट ऋणी लगायतका विभिन्न विद्यामा सम्मान तथा पुरस्कार प्रदान गरियो । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष गंगाप्रसाद दाहाल , डा.दिवाकर रेग्मी लगायतका अतिथीहरुले सहकारीका विषयमा चर्चा गरेका थिए । किसान कल्याणले कृषि तथा पशुपालन ,व्यापार व्यवसाय , औद्योगिक ,  सामाजिक कार्य ,  आकस्मिक कार्य  ,शैक्षिक अध्ययन लगायतका  शिर्षकमा ऋृण प्रवाह गर्दै आएको छ ।add