ईलाम । ईलाम जिल्लाको  माई नगरपालिका २ चेप्टीमा रहेको ‘ह्याप्पी ड्रिम चेप्टी’ घुम्न जाने पर्यटकको प्रमुख आकर्षक गन्तव्य बनेको छ ।

बिदाको अवसरमा घुम्न जानेदेखि बाहिरी जिल्ला सहित भारतको बिभिन्न शहरबाट शैक्षिक भ्रमण अवलोकन सहित पुग्ने जो कोहीको रोजाईमा परेसँगै ‘ह्याप्पी ड्रिम चेप्टी’ पुग्ने पर्यटकको संख्यमासमेत वृद्धि हुँदै जान थालेको हो । 

ईलाम जिल्लाको  माई नगरपालिका २ चेप्टीमा रहेको ‘ह्याप्पी ड्रिम चेप्टी’ घुम्न जाने पर्यटकको प्रमुख आकर्षक गन्तव्य बनेको हो ।  चुरेको काखमा प्रसिद्ध तीर्थस्थल कनकाइ नदीको  दोभानमा रहेको ‘ह्याप्पी ड्रिम्स ’ पार्क  निर्माण भएसँगै पछिल्लो समय  आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि नयाँ गन्तव्य बन्दै गएको हो ।  कन्काईका दिनेश शिवाकोटीको नीजि लगानीमा खोलिएको चेप्टी नयाँ गन्तव्यका रुपमा विकास हुँदै गएको छ ।  प्राकृतिक दृष्यसँगै कृत्रिम मनोरञ्जनलाई पनि  महसुस गर्न सकिने ह्याप्पी ड्रिम ठुलो क्षेत्रफलमा फैलिएको  छ । पार्कमा ४० करोड बढी लगानी भइसकेको सञ्चालकको भनाई छ ।dfg 1

प्राकृतिक वातावरणमा रुमलिन पाईने यस पार्कले आम सर्वसाधारणको ध्यान खिचेको छ । पार्क घुम्नकालागि  अहिले दैनिक हजारौं आन्तरिक तथा बाह्य पर्यटकहरुको  आउने गरेका छन् । फोटो खिच्ने र टिकटक बनाउनेको पार्कमा भीड नै लाग्ने गरेको छ । नयां गनतब्यको रुपमा विकास भएको पार्कले मनोरञ्जन सहित नयां आयम थपिदिएको पर्यटकहरु बताउंछन् ।

नेपालकै नमुना पार्कको रुपमा पहिचान बनाउदै गरेको चेप्टी पार्कमा पानी जहाज, डुङ्गा सयर, हेलिकप्टर, विभिन्न प्रकारका पिंङ, सेल्फी डाँडा,  नमुना आकर्षक हिमाल,  झरना, डान्सिङ कटेज, आकर्षक गार्डेन, साथै मुर्तिकलाहरु, लगायतका संरचनाहरुले त्यहाँ पुग्ने पर्यटकहरुलाई भरपुर मनोरञ्जन दिईरहेको छ ।fdd

जीपलाइन संचालनको अन्तिम चरणमा रहेको र आगामी दिनमा केवलकार समेत सञ्चालन गर्ने योजना रहेको सञ्चालकको भनाई छ । झिल निमार्ण भइरहेको , रिसोट अन्तिम चरणमा पनि रहेको बताइएको छ ।

चेप्टीलाई फुलैफुलको पार्क बनाएर दार्जिलिङ सरह बनाउने र माई नगरपालिकालाई नेपाल मै परिचीत गराउने उदेश्य सहित काम गरिरहेको सञ्चालकको भनाई छ ।