चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिकाको २४ कोठीदेखि वीरेन्द्र क्याम्पस चोकसम्मको सडक खण्डमा गाडी सञ्चालनमा आएको छ ।
शङ्कास्पद वस्तु देखिएपछि यो सडक खण्डमा गाडी आवत जावत हुन सकेका थिएनन् । प्रहरीले शङ्कास्पद वस्तु डिस्पोज गरेसँगै पूर्व–पश्चिम राजमार्गको भरतपुर महानगरपालिकाको २४ कोठीदेखि वीरेन्द्र क्याम्पस चोकसम्मको सडक सञ्चालनमा आएको हो । शङ्कास्पद वस्तुलाई सेनाको टोलीले साँझ ५ बजेतिर डिस्पोज गरेको हो ।
चितवन प्रहरी प्रमुख एसपी नवराज अधिकारीले त्यो वस्तु तर्साउने नियतले राखिएको पाइएको बताए ।




















