इटहरी । आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनलाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्न इटहरी क्षेत्रमा खटिने म्यादी प्रहरीहरुको लागि तालिम १० दिने तालिम सम्पन्न भएको छ । मंगलवार इटहरी रंगसालामा आयोजीत एक कार्यक्रमका बीच तालिम सम्पन्न भएको हो । तालिममा २०९ पुरुष र १४३ महिला गरी कुल ३५२ जना म्यादी प्रहरीलाइ सुरक्षा सम्बन्धी अभ्यास गराइएकोे थियो ।

निर्वाचनलाई भयरहित ,निश्पक्ष र सुरक्षित वनाउन केन्द्रको सुरक्षा नीति अनुसार नै इटहरीमा खटिने म्यादी प्रहरीहरुका लागि सहयोग पुग्नेगरी ज्ञान,शीप,क्षमतामा अविवृद्धी गर्ने र सुरक्षालाइ मजवुत पार्ने उद्देश्यले दश दिने तालिम सुरु गरिएको थियो ।WhatsApp Image 2022-10-25 at 16.58.56  निर्वाचन  को समयमा सुरक्षा व्यवस्थामा सहयोग पुग्ने गरी भर्ना भएका म्यादी प्रहरीहरुलाइ म्यादी प्रहरीको काम कर्तव्य, निर्वाचनमा भुमिका निर्वाह,नेपालको राजनैतिक व्यवस्था, निर्वाचन   सुरक्षा लगायतका विषयमा अवगत गराइएको इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्काले बताए ।

साथै उनले सुनसरी जिल्ला भरीका म्यादी प्रहरीहरुलाइ निती अनुरुप एक स्थानबाट अर्को स्थानमा खटिने गरी  निर्वाचन   लक्ष्नित आवश्यक प्रशिक्षण गराइएको  खड्काले  बताए । 

असोज २६ गतेदेखी कार्तिक ८ गतेसम्म सञ्चालन भएको थियो ।